काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ ।
केहीबेरअघि सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी ओलीको अध्यक्षमा बैठक बसेको हो ।

केही बेरअघि मात्रै होटेल बसेरामा एमाले सचिवालय बैठक समेत बसेको थियो । सचिवालय बैठकमा ओलीले आफ्नो अमेरिका भ्रमण र प्राकृतिक विपत्तिका बेला सरकारको प्राथमिकताका विषयमा छलफल भएको थियो ।
त्यस्तै संसदीय दलको बैठकमा पनि ओलीले अमेरिका भ्रमणका विषयमा सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ । साथै भर्खरैको प्राकृतिक विपत्तिमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया