काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
केहीेबेरअघि बसेरा होटेलमा सचिवालय बैठक सुरु भएको एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
च्यासलस्थित एमाले पार्टी कार्यालय अविरल वर्षापछि आएको बाढीले डुवानमा परेको छ । पार्टी कार्यालय डुवानमा परेपछि होटेलमा एमाले सचिवालय बैठक बसेको हो ।
बैठकमा ओलीको अमेरिका भ्रमण र प्राकृतिक विपत्तिपछि सरकारले चालेको कदमका बारेमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया