काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो स्थान बनाएको छ । मोलिनक्स स्टेडियममा शनिबार राति भएको खेलमा उल्भ्सलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
लिभरपुलले उल्भ्सलाई २–१ ले गोल अन्तरले पराजित गरेको हो । जितसँगै लिभरपुलले ६ खेलबाट १५ अंक जोडेको छ । खेलमा इब्राहिमा कोनाटेले लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ५६औँ मिनेटमा रायन ऐत नौरीले गोल गर्दै खेल बराबरीमा ल्याए। ६१औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया