काठमाडौं । पछिल्लो समय पेचिलो बन्दै गएको सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालत पाटनका पूर्व न्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षता जाँचबुझ आयोग गठन गरेको हो । सदस्यहरुमा पूर्व एआइजी पुष्कर कार्की र सञ्जीव मिश्र रहेका छन् ।
आयोगलाई तीन महिनाभित्र सहकारी पीडितहरुको समस्या समाधानसहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले यसअघि देउवा सरकारको पालामा गठित भूमी आयोग खारेज गर्ने निर्णय गरेको छ । त्यस्तै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्यको नियुक्ती गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकको निर्णय अनुसार प्रा. संगीता सिंह, डा. कुसेन्द्रबहादुुर महत, प्रा. शिवराज अधिकारी र डा.अरनिको पाँडेलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
बैठकले माथिकासहित विभिन्न १६ निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया