शिक्षा सुधारका लागि वीरगन्जमा प्राज्ञिकको बृहत् दबाब र्‍याली

लोकपथ
280
Shares

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि वीरगन्जमा १००० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब र्‍याली निकालेको छ ।

शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश परिक्षा, परिणाम, पात्रो , पाठ्यक्रम जस्ता विषयहरूको सुधार गर्नका लागि वीरगन्जमा विद्यार्थी दबाब र्‍याली निकालेको हो।

र्‍यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, परिषद्का जानकी प्रदेश अध्यक्ष डा. सुस्मा तिवारी, परिषद्का राष्ट्रिय सचिव कविराज न्यौपाने, केन्द्रीय सदस्य घनश्याम नायक, प्रदेश अध्यक्ष सुस्मा तिवारी, प्रदेश सहसचिव अभिशेषक ठाकुर, विद्यार्थी नेता प्रभावकर चौरसीया लगायतले विशेष सम्बोधन गरेका थिए ।
शिक्षाको दबाब र्‍यालीमा वीरगंजका विभिन्न शिक्षण संस्थाहरुबाट करिब १००० जना विद्यार्थीहरूको सहभागीता रहेको परिषद्ले बताएको छ ।

विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारको लागि विद्यार्थी दबाब र्‍याली गरेको र यो देशको प्रमुख शहरहरूमा पनि गर्ने बृहत् दवाब एवम् आन्दोलनको गतिविधि अगाडि बढाउने विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?