रुसमा हुने मानवतस्करी रोक्न श्रममन्त्री भण्डारीको ध्यानार्कषण

लोकपथ
70
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

डा.बद्री केसी अध्यक्ष रहेको समूहको नेतृत्वमा मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जानेक्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।

संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कमगर्न सहयोग गरेको जानकारी दिएको छ ।

नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा स्थायी रुपमा बसोबास गर्ने, अध्यन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टिमा नेपाल आउंदा
अध्यागमन बाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नर्गने जस्ता घटनाहरु भईरहेकोप्रति समेत संघले ध्यान आकर्षण गराएको छ भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीयनेपालीहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?