काडमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दुई नेताहरुबीच भेटघाट भएको हो । वार्ता अहिले पनि जारी रहेको छ ।
संसदको हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबीच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ । माघ २२ गतेबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।
लामो समयपछि दुई नेताबीच छलफल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया