काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण शुक्रबार पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
शुक्रबार दिउँसो पनि आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ ।
यसैगरी, शुक्रबार राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया