काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका प्रसादलाई नियुक्त गरेको हो ।
त्यस्तै बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालयको विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका डा. साहारा श्रेष्ठलाई नियुक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसैगरी सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई नियुक्त गरेको छ ।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया