काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजावादीहरुसँग भेटघाटलाई तिव्रता दिएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले पछिल्लो समय राजावादीहरुसँगको भेटघाटलाई तिव्रता दिएका हुन् ।
केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटेको तस्बिर सार्वजनिक गरेका प्रसाईंले पूर्वमन्त्री समेत रहेका राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीसँग भेट गरेका छन् ।
लोहनीसँग भेटेको तस्बिर सार्वजनिक गर्दै प्रसाईंले देशको वर्तमान अवस्थाको बारेमा छलफल गरेको बताएका छन् ।
गत मंसिर ७ गते काठमाडौंमा बृहत आन्दोलन गरेका प्रसाईंको मुल एजेण्डा हिन्दू राज्य स्थापना रहेको थियो । केही राजावादीहरुको समेत समर्थन रहेको आन्दोलन क्रमिक रुपमा सेलाउँदै गएको थियो । पुनः नयाँ आन्दोलनको तयारीका लागि प्रसाईंले राजावादी नेताहरुलाई भेटेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया