काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो सहरीकरणको चपेटामा परी खुला ठाउँहरु खुम्चिएको विषयलाई गम्भीर रुपमा हेर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित २६औँ भूकम्प सुरक्षा दिवस २०८० मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भूकम्पबाट सुरक्षाका लागि खुला स्थानहरुको महत्व निकै हुने भन्दै बढ्दो सहरीकरणको चपेटामा परी काठमाडौं लगायतका खुला ठाउँहरु खुम्चिएकोको विषयलाई गम्भीर रुपमा हेर्न आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘भूकम्प सुरक्षाको कुरा गरिहँदा खुला स्थानहरुको महत्व निकै छ । हालसम्म राष्ट्रिय विपद् सूचना प्रणालीमा झण्डै एक हजार खुला क्षेत्र विभिन्न पालिकाहरुले पहिचान गरी प्रविष्ट गराएका छन् । सहरीकरणको चपेटामा परी काठमाडौं लगायतका खुला ठाउँहरु खुम्चिएको विषयलाई हामीले गम्भीर रुपमा लिनुपर्छ ।’
उनले सबै पालिकाभित्र भएका भवन र संरचनाहरुको जोखिमको आँकलन गरी नयाँ बन्ने संरचनामा राष्ट्रिय भवन संहिताको पालना गर्न पनि आग्रह गरे । उनले भने, ‘सबै पालिकाहरुमा भएका भवन र संरचनाहरुको जोखिमको आँकलन गर्न र नयाँ बन्ने संरचनामा राष्ट्रिय भवन समिताको पालना गर्ने कार्यलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु ।’ विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया