भारतमा टिकटक ब्याण्ड ? भएको यसो रहेछ

भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट अहिलेको लोकप्रिय एप  ‘टिक टक’ हटाउन आग्रह गरेको छ ।

गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप टिकटक मा प्रतिबन्ध लगाउन मद्रास उच्च अदालतले केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई यस्तो आग्रह गरेको हो ।

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा पहिले नै  एप डाउनलोड गरेकाहरुले भने टिकटक चलाउन सक्नेछन् ।

तर, निर्णयपछि नयाँ डाउनलोड गर्न सकिनेछैन । ‘ भारतिय सञ्चार माध्यमहरुमा जनाईएअनुसार  टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गर्दै मद्रास उच्च अदालतले यस्तो निर्णय गरेको हो । 

भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रै आठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ ।

भारतले गरेको आग्रहमा गुगल र एप्पलले कुनै प्रतिक्रिया नदिएको समाचारमा जनाइएको छ । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?