फलामको टुक्रा देखाएर ठगी गर्ने चार पक्राउ

काठमाडौं । काठमाडौंको सुन्धाराबाट प्रहरीले सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ । 

मंगलवार प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका उनीहरुले सामाखुशी रानीबारीका राजेश विकलाई सस्तो सुन भनेर सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरिएको वस्तु बिक्री गरेको हो ।

त्यसबापत उनीहरुले १९ लाख रुपैयाँ लिएका थिए । राजेशले घर पुगेर हेर्दा सुन नभई ४ वटा फलामको टुक्रा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?