बारा । निजगढ नगरपालिका ३ बस्ने ७५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आइतवार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने जानकारी भए पश्चात इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया