कतारमा एक नेपालीको मृत्यु

काठमाडौं । दुई वर्षदेखि वैदेशिक रोजगीको सिलसिलामा कतारमा एक नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका २ बिचौरका ३८ वर्षीया इन्द्रप्रसाद दवाडी छन् । 

लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार उनको शनिवार राति १२ बजेतिर मृत्यु भएको हो । 

राति आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा दवाडीको मृत्युु भएको नखोलाकाले बताए । 

दवाडीका पत्नी उमा, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?