जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
56
Shares

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?