झापा । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीय सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्याउँदै उनी कोठाबाट बाहिर निस्किइन् ।
कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन् । हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो । भुइँमा ढलेका दम्पती बेहोस भए । हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए ।
“आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती उभिइरहेको रहेछ,” सङ्गीताले दुई साताअघिको घटनाबारे जानकारी दिँदै भनिन्, “सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि आम्दा अस्पतालमा मात्र हाम्रो होस खुलेको थियो ।”
“आँखा नदेख्ने भएकाले मैले उहाँ (मेघनाथ)लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिएँ,” सङ्गीताले भनिन्, “हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ, धन्न बाँचियो ।”
हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन् । आफ्नो जग्गा नभएका उनीहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आएका छन् । टिनले छाएको भुइँतले दुई कोठाको घर छ । मेघनाथ न्यून दृष्टिका कारण दुवै आँखा देख्न सक्नुहुन्न । सङ्गीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया