छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-६ स्थित सडकमा प्र.२-०१-००१ प ९२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं बानेश्वर बस्ने ओखलढुङगा सिद्धिचरण नगरपालिका-३ घर भएका २९ वर्षीय प्रकास खत्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, सुनसरीको देवानगंज गाउँपालिका-३ नयाँ हटियास्थित सडकमा बा.५६ प ५९०६ नम्बरको मोटरसाइकल र बीआर ५० एए १८६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा बीआर ५० एए १८६७ नम्बरको मोटरसाइकल चालक भारत विहार सुपौल तिटोलिया प्रतापगंज बस्ने १८ वर्षीय मिथलेश मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?