एनआरएनएको प्रवक्तामा सुवेदी

लोकपथ
21
Shares

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनएको प्रवक्तामा नारायण सुवेदी मनोनीत भएका छन् ।

संघको सोमबार बसेको आईसीसी बैठकले पूर्व सहकोषाध्यक्ष सुवेदीलाई प्रवक्तामा मनोनीत गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थाका आधिकारिक सूचना तथा जानकारीलाई व्यवस्थित ढंगले सम्प्रेषणका लागि प्रवक्ता तत्काल नियुक्त गरेको हो ।  बैठकले सल्लाहकार, संरक्षक, मानार्थ सदस्य र आईसीसी सदस्यहरू भने अर्को साता मनोनीत गर्नेछ ।

अध्यक्ष आरके शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेपछि आफूहरूले सबै प्रक्रिया पुरा गरेर नयाँ कमिटी घोषणा गरेको भन्दै सरकारको निकाय परराष्ट्र मन्त्रालयले आफूहरूलाई छिट्टै न्याय दिने विश्वास रहेको बताए । आफूहरूले सबै प्रक्रिया पूरा गरेकाले परराष्ट्रले न्याय दिने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?