काठमाडौं । सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई १०/१० लाख रूपैयाँ राहत दिएको छ ।
मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको अर्थ मन्त्रालयकाले जनाएको छ ।
यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया