पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग नपाएको कांग्रेस सभापति देउवाको गुनासो

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा सहयोग नपाएको बताएका छन् ।

आज (सोमबार)कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

चुनावमा कांग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने ‘पार्टीमा घात अन्तर्घात पनि छ । खुट्टा तानातान पहिलेदेखि भएकै हो, अन्तर्घातीलाई कारबाही गरौँ भन्दा कारबाही गर्न पाइदैन भन्छन् ।’

अहिलेको निर्वाचन प्रणालीका कारण एउटा मात्र पार्टीको बहुमत नआउने भन्दै देउवाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता भएको बताए ।

उनले भने ‘निर्वाचन प्रणाली नै त्यस्तै बनाइएको छ । अहिलेको संविधानको समावेशी समानुपातिक जुन किसिमको बाँडफाँड छ’, देउवाले भने, ‘सबैलाई प्रतिनिधित्व गराउने संविधान छ । तर, कुनै एक पार्टीको बहुमत हुनसक्दैन ।’

उनले अहिलेको अवस्थामा कांग्रेसलाई सबै मिलेर एक गराएर हिँड्नुपर्ने र आगामी निर्वाचनमा फेरि ठूलो पार्टी बनाउने प्रयासका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?