काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा बाँके जिल्ला नेपागञ्ज उपमहानगरपालिका वडा नं १९ बस्ने २९ बर्षिय मोहन वि.क. र बाँके राप्ति सोनारी गाउँपालिका वडा नं २ का सवारी धनी ३८ बर्षिय देबिन्द्र बहादुर घर्ती रहेका छन् ।
प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेपनि आइतवार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
प्र.–३–०१–०२३ ८१६८ नं हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका ९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो ।
चेक जाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।स्रोत नखुलेको सुन सहित सवारी भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो ।
हाल सुनका गरगहना लिएर हिँड्ने वि.क. र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया