काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनसहित ७ जनालाई १० लाखदेखि ३० लाखसम्म धरौटी माग गरेको जनाएको छ ।
उक्त प्रकरणमा पक्राउ परेकामध्ये हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख धरौटी माग गरिएको छ ।
त्यसैगरी भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, सन्दीप रायमाझीसँग ३० लाख, रामशरण केसीसँग १५ लाख र नरेन्द्र केसी १० लाख धरौटी माग गरिएको आदेशमा उल्लेख रहेको छ ।
त्यसैगरी लक्ष्मी महर्जन, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने पक्ररणमा पक्राउ परेका हाइप्रोफाइल पूर्वमन्त्री टोपबहादुुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै रहने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया