बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष- ‘हाम्रो कार्यक्रम बाघको जस्तो, प्रसाईंको कार्यक्रम कुकुरको जस्तो’

लोकपथ
84
Shares

काठमाडौं । एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् ।

बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले आफ्नो यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी दिए ।

उनले भने, ‘हामीले भनेका थियौ हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईँको कुकुरको जस्तो लम्पसार पर्छ भनेर । मान्छेले पत्याएका थिएनन् । आज हावा फुस्केको छ । भोलिदेखि ठिक ठाउँमा बस । हामी सल्लाह गर्दैछौं, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?