विश्वप्रकाशले भने– ‘कोशीमा देउवाले गरेको गल्ती सच्याएर अघि बढ्नुको विकल्प छैन’

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा सबै मिलेर जानुको विकल्प नरहेको बताएका छन् ।

आज कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदैछन् । सोही प्रसंगमा बोल्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला लगायत सबै पदाधिकारी र प्रदेश केन्द्रीत नेताहरुले कोशीको सन्दर्भमा गरेको गल्ती कमजोरी समिक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘फेरि पनि सबै जुटेर जानुको अर्को विकल्प छैन ! सभापतिको, डा शेखरको, हामी अन्य पदाधिकारीको या प्रदेश केन्द्रित साथीहरू जो जसको जे जस्तो कमजोरी र गल्ती छ, त्यसको गहन समिक्षा गर्नुनै छ र फेरिपनी मर्यादित संस्थागत प्रक्रियामा फर्किनुछ ।’ उनले भनेका छन् ।

त्यसैगरी मुख्यमन्त्री कार्कीलाई सफलताको शुभकामना व्यक्त गर्दै विश्वासको मतका लागि बधाई समेत दिएका छन् ।

गत शनिबार कांग्रेसका ८ प्रदेशसभा सदस्यसहित एमालेको ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?