काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह पदमुक्त भएकी छिन् ।
मंगलबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै उनी पदमुक्त भएको जानकारी गराएको हो ।
साह गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् । उनी अन्य दलमा प्रवेश गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो । सोही आधारमा आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम २ बमोजिम पदमुुक्त गरेको हो ।
उनी स्वतन्त्र सांसद प्रभु साहकी धर्मपत्नीसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया