काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा सुरु भएको बताइन् ।
हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको जानकारी दिदैँ उनले २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताइन् ।
उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर छ । नेपाल फर्कन चाहनेहरुमा हालसम्म ३५० भन्दा बढि नेपालीले आफ्नो विवरण दिनुभएके छ । जसमध्य घर २८० भन्दा बढिले नेपाल फर्कन चाहानु भएको छ । नेपाल यरलाईन्सको २८५ क्षमता भएको विमान आज राति नै काठमाडौंबाट प्रस्थान गर्दै छ ।’
गाजा क्षेत्र नजिक रहेका ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।
आज २५० सिट क्षमताको वाइड बडी जहाज त्यसतर्फ जान लागेको उनको भनाई छ । त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजिकरण गर्न सरकार तयार रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया