दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

लोकपथ
70
Shares

काठमाडौं । दशैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ ।

हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो ।

आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?