काठमाडौं । अनलाइन बेटिङमार्फत २४ करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षिय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो ।
साहले इन्टरनेटमार्फत विभिन्न एपमार्फत अनलाइन जुवा सट्टेबाजी जस्ता अनलाइन गेम खेलाइ नेपाल राष्ट्र बैंकको नियम विपरित गैरकानुनी रुपमा २४ करोड १५ लाख १७ हजार एक सय ३८ रुपैयाँ बराबर कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।
साहले वन एक्स बेट, मेलबेट ओरआरजी, डब्लूडब्लूडब्लू ३८८८, रुपीँ बेट, स्काइ चेन्ज, बेल्लिज बेट, खेल विन लगायतका प्लेटफर्ममार्फत जुवा खेलाएको आरोप छ ।
साहलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया