काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले, शिक्षा विधेयकले गुणस्तरीय शिक्षाको खाका तयार गर्ने आधार प्रस्तुत गर्न चुनौति दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा, शिक्षा ऐन २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षा विधेयकको कुन चाहिँ दफाले गुणस्तरशिक्षाको खाका कोरेको छ त्यसको जवाफ दिन शिक्षा मन्त्री अशोक कुमार राईसँग माग गरे ।
शिक्षा ऐन २०२८ ले कोरेको खाकामा १० औँ पटकसम्म संशोधन गर्दा पनि चाहेको जस्तो नभएको भन्दै उनले शिक्षा विधेयकमाथि आवश्यक छलफल गरेर मात्रै पास गर्नु पर्ने कुरामा जोड दिए ।
उनले भने, ‘आज शिक्षा ऐन २०२८ ले कोरेको खाकामा १० औँ पटकसम्म संशोधन गरेर आज सम्म ल्याएको विद्यालय ऐनमा हामीले चाहेको जस्तो भएको छैन् ।
आज यहाँ प्रस्तुत ऐनले त्यो खाका कोर्न सक्नुपथ्र्यो । तर म शिक्षा मन्त्रीलाई प्रश्न गर्न चाहन्छु यो विधेयकको कुन चाहिँ दफाले त्यो खाका कोरेको छ ?।’
उनले सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकले समग्र रूपमा देशको शिक्षाको सुधार गर्न नसक्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया