सर्वोच्चले सरकारसँग माग्यो रिगललाई आममाफी दिनुपर्ने कारण

लोकपथ
217
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ लाई आम माफी दिनुपर्ने कारण पेश गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिनुपर्ने कारणबारे राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सो जवाफ माग गरेको हो ।

२०७२ सालमा रिगलले चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए ।

उनलाई जन्मकैदको सजाय सुनाइएकोमा संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । जसको चौतर्फी विरोधसमेत भइरहेको छ । चेतनकी पत्नी भारती मानन्धरले आइतबार उनलाई जेलमै राख्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले आफ्नो न्यायको लागि भन्दै बुधबारबाट माइतीघरमा अनशन समेत शुरु गरेकी थिइन् । तर उनी एक्कासी बेहोस भएपछि अस्पताल लगिएको थियो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता समेत रहेका रिगललाई आममाफी दिएको भन्दै कांग्रेसकै कतिपय नेताहरुले समेत विरोध गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?