प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।

मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।

बैठकमा उनले प्रधानमन्त्रीको नताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका हुन्।

साथै उनले सम्भावित विपतजन्य घटनालाई मध्यनजर गर्दै पूर्व तयारीका साथ बस्नुपर्ने भन्दै यसलाई सबै सम्बन्धित पक्षले गम्भीर रुपमा लिन आग्रहसमेत गरेका थिए।

मंगलबार दिउँसो ३: ०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका धेरै घरपरिवार विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?