काठमाडौं । बाँकेको नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ को आममाफीविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज सुनुुवाइ तोकिएको छ ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको हो ।
चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेर जेलमा रहेका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफी दिएका थिए । उनको कैद मिनाहाको निर्णयविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त मुद्दाको सुनुुवाइ सर्दै आइरहेकोमा आजका लागि पेशी तोकिएको हो ।
त्यसो त राष्ट्रपतिले उनलाई आममाफी दिएपछि चेतनकी पत्नीले बुधबारबाट माइतीघरमा अनसन शुुरु गरेकी थिइन् । बुधबार नै सर्वोच्चमा पुगेका बेला उनी बेहोस भएपछि वीर अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया