काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पती आर्जन गर्ने इन्जिनियर दम्पतीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले सेवा प्रवेशको अवधिबाट हालसम्म गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको भन्दै परेको उजुुरीका आधारमा अख्तियारले छानबिन शुरु गरेको थियो ।
जसअनुसार उनले २०४६ साल असार ३० गते सेवा शुरु गरेको अवधीदेखि २०७९ साल कार्तिक ७ गतेसम्मको अवधिमा गैरकानुनी रुपमा ३ करोड १५ लाख ८१ हजार ६५ रुपैयाँ बराबरको सम्पती आर्जन गरेको देखिएको छ । जसको स्रोत समेत नदेखिएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम लागत मुल्यमा बिगो जफत÷असुल उपर गरी पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
त्यस्तै उनीमाथि सोही बमोजिमको बिगो दाबी माग गरिएको समेत जनाइएको छ ।
साथै रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च लागत मूल्य वरावरको भागको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी कायम गर्ने साथै निज प्रतिवादी राधा रानाभाटको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया