सुन तस्करी प्रकरण : चिनियाँ तस्कर दाओजिनका चालक पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ तस्कर दाओजिन वाङका चालक लोकेन्द्र कुमार पौडेल रहेका छन् । दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौं ल्याएका थिए ।

यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो । राहुल अहिले थुनामा छन् ।

सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग सम्पर्कमा रहेको खुलेपछि राहुल पक्राउ परेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?