सर्वोच्च अदालत परिसरमै ढलिन भारती, अस्पताल लगियो

लोकपथ
63
Shares

काठमाडौं । संविधान दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल (रिगल) लाई माफी दिएको विरोधमा न्याय माग्दै अनशन शुरु गरेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन सर्वोच्च पुगेकी उनी तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।

श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छन् । मान्छे मारेर जेलमा रहेको व्यक्तिलाई आममाफी दिँदा आफूहरुमा थप अन्याय भएको भन्दै न्याय माग्दै उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत शुरु छन् ।

कांग्रेस निकट नेपाल तरुण दलका नेता समेत रहेका रिगलको आममाफीविरुद्ध सरकार र राष्ट्रपतिको समेत अहिले चौतर्फी आलोचना भइरहेको छ ।
.

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?