काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै भूकम्पले सुदूर पश्चिमी क्षेत्रका विभिन्न जिल्लाहरूमा पुर्याएको क्षति र जनसाधारणमा परेको त्रासदीको खबरले गहिरो दुःख लागेको उल्लेख गरेका छन् ।
‘ठुलो भूकम्पपछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पूर्ण सतर्कता आवश्यक रहेको हाम्रो धारणा छ’, शाहले भनेका छन्, ‘भूकम्पबाट घायल भएकाहरूको शीघ्र उपचार तथा क्षतिबाट प्रभावित घर परिवारको राहत निर्माणतर्फ तत्काल सम्बन्धित सबैको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार गएको भूकम्पले एक जनाको मुत्यु भएको छ भने सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको विवरण संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया