प्रधानमन्त्रीलाई ओलीको चेतावनी : ‘जनयुद्दको बिदा फिर्ता लिनुस्, नत्र नयाँ कदम चाल्छौँ’

लोकपथ
147
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गते जनयुद्द दिवसका अवसरमा दिइएको बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै जनयुद्द जस्तो हिंसा शुुरु भएको भन्दै त्यसलाई दिवस र उत्वस मनाउन नहुने बताए ।

यदी अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले बिदा फिर्ता नलिए आफूले थप कदम चाल्ने चेतावनी समेत दिए ।

‘बिदा लिनुहुुन्न भने त्यसका विरुद्ध हामी कदम चाल्छौँ । हामीले हिंसालाई मनाउन खोजेका होइनौँ । हामीले शान्ति खोजेका हौँ ।’उनले भने, ‘आगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता गरोस् । बट इफ छैन । क्लीयर भाषामा भन्छु फिर्ता लिनुपर्छ । यदी उहाँले फिर्ता लिनुहुन्न भने यसको मतलब के हो भने उहाँले हिंसा त्याग्नु भएको छैन भन्ने हो ।’

त्यस्तै राष्ट्रपतिले संविधानको धज्जी उडाएको आरोप लगाए । विभिन्न हिंसामा मुछिएका व्यक्तिहरुलाई उन्मुक्ति दिन लालमोहर लगाएको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?