प्रमुख प्रतिपक्षि दलका नेता ओलीले प्रतिनिधिसभा सम्बोधन गर्ने

लोकपथ
28
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षि दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

मंगलबार १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले बोल्नका लागि समय माग गरेको संसद सचिवालयले जानकारी दिएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले ओलीले आजको बैठकमा बोल्न समय मागेको पुष्टि गरे । उनले भने ‘प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?