एमाले कर्णाली अधिवेशन : नेतृत्वका लागि गुलाबजङ्गको शुरुवाती अग्रता

लोकपथ
98
Shares

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि भएको नेकपा एमाले कर्णाली प्रदेशको मतगाणनामा अध्यक्षका उम्मेद्वार गुलाबजङ्ग शाहले शुुरुवाती अग्रता कायम गरेका छन् ।

सुुर्खेतस्थित सिटीहलमा जारी मतगणनामा ९२ मतको गणना गर्दा उनको पक्षमा ५२ मत देखिएको छ । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत मात्र प्राप्त गरेका छन् ।

यता उपाध्यक्षतर्फका उम्मेदवार टेकराज पछाईले ४६ मत प्राप्त गर्दै शुरुवाती अग्रता कायम गरेका छन् । त्यस्तै अर्का उम्मेदवार लालबहादुर महताराले ३३ मत प्राप्त गरेका छन् । भने उपाध्यक्षका अर्का उम्मेदवार दानसिंह परियारले ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा धुव्रबहादुर शाहीले अग्रता कायम गरेका छन् । उनले ६५ मतसहित अग्रता कायम गरेका हुन् । भने अर्का उम्मेदवार रुद्रबहादुर शाहीले २७ मत प्राप्त गरेका हुन् ।

हाल सिटीहलमा मतगणना जारी रहेको छ ।

मतगणना शुरु भएपछि अनेरास्ववियुका केही कार्यकर्ताहरुले हलमा तोडफोड समेत गरेका थिए । अहिले शान्तिपूर्वक मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?