काठमाडौं । काठमाडौंको गौशलामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।
काठमाडौं महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको हो ।
पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ साविर हुसेनमाथि चक्कु प्रहार भएको महानगरीय प्रहरी बृत्त गौशलाका डिएसपी केशव थेवेले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार चक्कु हान्ने व्यक्ति हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको छ ।
‘चक्कु हान्ने व्यक्ति हालसम्म फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको छ ।’ उनले भने ।
त्यस्तै सो ठाउँबाट कटुवा पेस्तोल र एक राउण्ड गोली फेला परेको उनले बताए ।
घाइते साविनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया