वाणिज्य सचिव मरासिनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
140
Shares

काठमाडौं । नेशनल पेमेण्ट गेटवे (एनआइटीसी) मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा परेको छ ।

अख्तियारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी, तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशकरकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे मेसिन अहिलेसम्म प्रयोगमा आउन नसकेको र त्यसको खरिदवापतको २५ करोड बराबर सरकारी सम्पती हानी भएको अख्तियारको दाबी रहेको छ ।

आयोगले उनीहरुविरुद्ध सरकारी सम्पती दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?