गौशलामा डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार

लोकपथ
245
Shares

काठमाडौं । काठमाडौंको गौशलामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।

काठमाडौं महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको हो ।

पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको हो ।

उनलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेको र ती व्यक्ति फरार भएको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ । अहिले गौशलाबाट प्रहरी घटनास्थल पुगेको छ । चक्कु प्रहारबाट घाइते हुनेसलाई अस्पताल लगिएको छ । सो ठाउँबाट पेस्तोलसमेत बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?