काठमाडौं । प्रहरीले दोलखामा ४ किलो सुन बरामद गरेको छ ।
बिगु गाउँपालिका–१, लामबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।
केही दिनअघि प्रहरीले दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसैको अनुसन्धान गर्ने क्रममा आज (आइतबार) थप चार किलो सुन पनि भेटिएको प्रहरीले जनाएको छ । योसँगै दोलखाबाट ११ किलो सुन बरामद भएको छ ।
अनुसन्धानका क्रममा उक्त सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको खुलेको छ । यो नाका सधैं बन्द रहने भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया