सरकारसँग सहमति भएकै भोलिपल्टै फेरि इन्टर्न डाक्टरमाथि कुटपिट

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टरमाथि हातपात भएको छ ।

आइतबार दिँउसो बिरामीका आफन्तले एक इन्टर्न डाक्टरमाथि हातपात भएको कलेजका एक कर्मचारीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार बिरामी चेकजाँच कक्षमै उनीमाथि हातपात भएको हो । त्यससँगै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

‘बिरामी चेकजाँच कक्षमै एक जना इन्टर्न डाक्टरमाथि आक्रमण भएको हो ।’उनले भने । अहिले सबै डाक्टरहरु बाहिर आन्दोलन गरिरहनुभएको छ ।’

पछिल्ला दिनमा देशभर डाक्टरमाथि कुटपीटका घटना घटिरहेका छन् । केही दिनअघि पोखराको मणिपाल मेडिकलका डाक्टरमाथि कुटपिटको घटनाले देशभरका डाक्टरहरु आन्दोलनमा रहेका थिए ।

शनिबार मात्र डाक्टरहरुको सुरक्षा सुनिश्चित गर्दै सरकारसँग डाक्टरहरुको सहमति भएको थियो । तर सहमतिको भोलिपल्ट नै इन्टर्न डाक्टरमाथि हातपात भएको हो ।

ती इन्टर्न डाक्टरमाथि हातपात गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुुल्मी घर भइ चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?