काठमाडौं । बागमती प्रदेशसभाको बैठक शुरु भएको छ ।
आइतबार बिहान ११:३० बजेका लागि बोलाइएको प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी शुरु भएको हो ।
सत्तारुढ दल र प्रतिपक्ष दलहरूको संसदीय समितिको बैठकका कारण प्रदेशसभा बैठक प्रभावित भएको हो ।
आइतबार संसद्मा २ वटा बैठकहरू सञ्चालन हुने प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
प्रदेशसभाको पहिलो बैठकमा शून्य समय रहने छ । यस्तै प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश कामकाजको भाषा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने र सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया