सुन प्रकरण : पूर्व न्यायाधीशको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइने

लोकपथ
112
Shares

काठमाडौं । सरकारसहित सत्ता पक्ष र प्रमुख प्रतिपक्षीसहित अन्य राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति जुटेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यसअघि गत भदौ ६ गते असोज ५ गतेसम्म सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भए पनि विभिन्न कारणले समिति नबनेपछि प्रमुख प्रतिपक्षी दल एमालेले त्यसको माग गरेको थियो ।

सोही अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ओलीको छलफल समेत भएको थियो । उक्त छलफलपछि राष्ट्रिय मान्यता प्राप्त दलहरुले सो विषयमा अन्तिम निर्णय गरेको बर्तौलाले बताए ।

‘उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा ३ सदस्यीय आयोग बन्नेछ । सो आयोगले तीन महिनाभित्र आफ्नो कार्य सम्पन्न गर्नेछ । आयोग आजै घोषणा हुनेछ । एक बजेको हाउसको बैठक भन्दा पहिला नै सररकारले क्याबिनेटको बैठक बसेर गर्नेर आजैबाट कार्य प्रारम्भ हुने र हाउस स्वभाविक ढंगले चल्नेछ ।’ उनले भने ।

गत साउन २ गते विदेशबाट इलेक्ट्रिक सिगरेट भित्र लुकाएर ल्याएको सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेको थियो ।

सात दलको बैठकपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उक्त बैठकमा सो विषयमा छलफल हुनेछ ।

आजै १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?