काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छलफल सकारात्मक भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले अध्यक्ष ओलीसहितका नेताहरु छलफलमा पुगेका थिए ।
छलफल सहभागि भएका एमाले सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको र प्रधानमन्त्री सुनप्रकरणको छानबिन आयोग बनाउने विषयमा सकारात्मक भएको लोकपथलाई जानकारी दिए ।
‘आजनै आयोग निर्माण हुने गरि कार्यादेश तयार गर्ने सहमति को नजिक पुगेका छौं । छलफल चाहिँ जारी छ । आजको संसद बैठकमा प्रधानमन्त्रीले बोल्नुहुने कुरा कार्यसूची रहेको छ । तर संसदको बैठक पुर्व नै आयोग घोषणा गर्ने सहमतिको तयारी हुँदैछ ।’ सचेतक बर्तौलाले लोकपथसँग भने ।
बर्तौलाका अनुसार तीन सदस्यीय जाँचबुझ आयोग बन्ने र त्यसको कार्याअवधि तीन महिना रहनेछ । पूर्व न्यायाधीशको संयोजकत्वमा उक्त कमिटी बनाउन लागिएको उनले बताए ।
त्यस्तै आजै प्रधानमन्त्रीले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । शीर्ष नेताहरुको बैठकअघि ओलीसहित एमाले नेताहरु छलफलका लागि पुगेका थिए ।
यसअघि असोज ५ गतेसम्म सुुनप्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सहमति भएको थियो । तर प्रधानमन्त्री अमेरिका तथा चीन भ्रमणका कारण प्रभावित भएको थियो । शनिबार प्रधानमन्त्री स्वदेश फिर्ता भएसँगै आज छलफल भएको हो ।
यता चाडपर्वको मुखमा मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भने बैठक बहिस्कार गरेको छ ।
आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक सञ्चालन लगायत अन्य विषयमा समेत छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया