काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टीभित्रको आन्तरिक छलफलपछि पाण्डेले आज बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिएसँगै उनले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरे ।
आज बिहान ११ बजे चुनाव हुने भनिएपनि पटक पटक विवाद देखिएपछि निर्वाचनको समय साँझ ६ बजेका लागि तोकिएकोछ
एमाले बागमती प्रदेशको नेतृत्वका लागि अब ४ जना चुनावी मैदानमा रहेका छन् । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र काठमाडौंका सानुकुमार श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया