काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचनको कार्यतालिका परिमार्जन भएको छ ।
आज बिहान ११ भनिए पनि विभिन्न कारणले निर्वाचन कार्यतालिका परिमार्जन हुँदै आइरहेको थियो ।
नयाँ कार्यतालिका अनुसार साँझ ६ बजे निर्वाचन हुनेछ ।
अहिले उम्मेदवारहरुको विरोधमा उजुुरी दिने र उजुरीउपर छानबिन र निर्णयको काम भइरहेको छ । त्यस्तै आजै २ः५० बजे उम्मेदवारको नामावली पुुनः प्रकाशन गरिनेछ । त्यस्तै ३ः२० सम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ । भने ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । भने ६ बजेदेखि राति १० बजेसम्म मतदानको समय दिइएको र आजै मतदान समाप्तपश्चात अन्तिम परिणाम घोषणा र शपथग्रहणको कार्यतालिका रहेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।
एमाले बागमती प्रदेशको नेतृत्वका लागि ४ जना चुनावी मैदानमा रहेका छन् । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र काठमाडौंका सानुुकुमार श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया